बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • पर्यटन प्रवर्द्धनका लागि बनाइएको झुलङ्गे पुल, पर्यटकको सङ्ख्यामा वृद्धि हुदै

पर्यटन प्रवर्द्धनका लागि बनाइएको झुलङ्गे पुल, पर्यटकको सङ्ख्यामा वृद्धि हुदै

  • शुक्रबार, चैत्र २४, २०७९
पर्यटन प्रवर्द्धनका लागि बनाइएको झुलङ्गे पुल, पर्यटकको सङ्ख्यामा वृद्धि हुदै

टेक बहादुर बुढा,डाेटी –  सुदूरपश्चिम प्रदेशकाे डोटी जिल्लाको दिपायलमा पर्यटन प्रर्बद्वनका लागि भन्दै झुलङ्गे पुल निर्माण गरिएको छ । सेती नदिकाे नजिकै दुई अग्ला पहाड जोड्ने झोलुङ्गे पुल बनाइएको छ । सिलगढी नगरपालिका वडा नम्बर २ र ५ लाई जोड्ने गरि द्वारी खोलामाथि पर्यटक भित्र्याउने उदेश्यले निर्माण गरिएक‍ो हो । उक्त झुलङ्गे पुलकाे निर्माण भए पछि त्याँहा पर्यटन क्षेत्रकाे विकास तथा आर्थिक विकास समेत हुने विश्वास गरिएको छ ।

 अहिले   झुलङ्गे पुल  हेर्न तथा  अन्य मनाेरम  दृश्यकाे अवलाेकनका लागि  दिनहु  डाेटी सहित छिमेकी जिल्ला बाजुरा , बझाङ ,अछामबाट सयाै सङ्ख्यामा पर्यटक आउने गरेका स्थानियहरुले बताएका छन ।  अग्ला दुई पहाडबाट निर्माण गरिएको पुलबाट दिपायलको पिपल्ला बजारको मनोरम दृश्य, भैरव मन्दिर, अविरल बगिरहेको सेती नदि, नागबेली झैं सुतिरहेका विभिन्न सडक बाटो अवलोकन गर्न सकिन्छ । पुल निर्माण भएसंगै यहाँ पर्यटकको सङ्ख्यामा पनि उल्लेखनीय मात्रामा बढेको त्याहाका स्थानीयवासीको भनाई रहेको छ । No description available.

दिपायलकाे सेती पक्की पुलबाट ठाडो उकालो करिब २० मिनेट पैदल हिंडे पछि पुगिने झोलुङ्गे पुल नजिकै तत्कालीन डोटीका राजा भुपति शाहको ऐतिहासिक दरबारको भग्नावशेष जीर्ण अवस्थामा रहेको छ । भाइरल पुल नगरपालिकाले पुल व्यवस्थित बनाउने भन्दै पुल हेर्न आउने प्रति पर्यटकबाट १५ रुपैयाँ लिने गरेको बताइएको छ । अग्लो पुलको बीचमा बसेर साथीहरुसँग फोटो खिच्ने, सेल्फी लिने मात्र होइन कतिपय पर्यटकहरु पुलसँगै टिकटक बनाउने र त्यसैमा रमाउने गर्दछन् ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालले अहिले ग्रामीण पर्यटनको विकासमा भूमिका खेलेको देखिन्छ । उक्त पुल निर्माण भईदेखि त्यहाँ आउने पर्यटक पनि बढेका र अहिले उक्त झुलङ्गे पुल टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार