• होमपेज
  • राजनीति
  • महिला समूहको ऋण झिकेर खिरीले गरिन पार्टी संगठित सदस्यता नवीकरण

महिला समूहको ऋण झिकेर खिरीले गरिन पार्टी संगठित सदस्यता नवीकरण

  • बुधबार, चैत्र २२, २०७९
महिला समूहको ऋण झिकेर खिरीले गरिन पार्टी संगठित सदस्यता नवीकरण

प्रमित विक–  बाजुराकी एकजना महिलाले पार्टीको संगठित सदस्यता नवीकरण ऋण झिकेर गरेकी छन् । जिल्लाको गौमुल गाउँपालिका–४ घोगाला गाउँकी खिरी रोकायाले महिला समूहबाट ऋण झिकेर नेकपा एमाले पार्टी संगठित सदस्यता नवीकरण गरेकी हुन् । रोकायाले श्रीमान र आफ्नो गरि दुई वर्षको प्रति व्यक्ति ४ सय ८० का दरले ९ सय ६० रुपैयाँ तिरेर सदस्यता नवीकरण गरेकी छन् ।

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत पार्टी सुदृढीकरण तथा विस्तार सहीत सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र जनताका आधारभूत आवश्यकताको पहिचान गर्ने अभियान देशैभरी सञ्चालन गरेको छ । सोही अभियानका क्रममा रोकायाले गाउँमा भएको महिला समूहबाट १ हजार ऋण निकालेर श्रीमान र आफ्नो २०७९÷८० गरि दुई वर्षको पार्टी संगठित सदस्यता नवीकरण गरेको उनले बाताएकी छन् ।

आफूसंग नवीकरण गर्ने पुजी नभएपछि गाउँमै सम्पूर्ण महिलाहरु मिलेर पैसा भर्ने एक समूहबाट ऋण झिकेको रोकायाले बताएकी छन् । आफ्नो सिद्धान्त, विचार र पार्टीमा क्रियाशील रहन ऋण झिकेर भएपनि सदस्यता नवीकरण गरिएको उनको भनाई छ । उनले २०५६ सालामा पार्टीको संगठित सदस्यता लिएकी थिइन् । नागरिकता लिएकै वर्षदेखि नै पार्टीको सांगठित सदस्याता लिएको उनले बताएककी छन् ।

तीन छोरी र एक छोरा रहेकी उनका श्रीमान भने रोजगारीको शिलशिलामा १ वर्षदेखि भारतमा रहेका छन् । उनले भनिन् श्रीमानले भारतबाट केहि दिनपछि पैसा पठाई दिउला कसैसंग ऋण निकालेर भएपनि पार्टीको सदस्यता नवीकरण गर्नु भनेपछि समूहको ऋण झिकेर खुसीका साथ नवीकरण गरिएको बताइन ।

रोकायाले भनिन् आफ्ना ओल्लापल्ला घरका सबै परिवार कांग्रेस छन् । संगठित सदस्यता लिनुअघि आफूलाई एक्लो पार्ने र हेप्ने हेला गर्ने गर्थे । तर मैले नेकपा एमालको संगठित सदस्यता लिएरै देखाएपछि त्याे दिनदेखि उनीहरु शान्त, स्वच्छ व्यवहार गर्ने थालेका छन् । आफूले जिम्मेवारीका साथ संगठित सदस्यता लिएको छु, अब तिनीहरुका अगाडी काम गरेर देखाउने लक्ष्य रहेको उनको भनाई छ ।

खिरी रोकायालाई नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्र्तगत गाउँपालिका स्तरीय नेकपा एमाले गौमुल गाउँ कमिटीले आयोजना गरेको मध्यवर्ती समिक्षा कार्यक्रममा सम्मान समेत गरेको छ । दुर्गम ठाउँका महिलाहरुले पनि स्वर्थरहित पार्टीप्रति माया राखेको भन्दै फूलमाला र दोसल्ला सहीत सम्मान गरिएको बताईएको छ ।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य गोविन्द कुवँर, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, प्रदेश कमिटी सदस्य कलक सिंह, जिल्ला कमिटी प्रचार विभाग प्रमुख कासी विक लागयतका नेताहरुले सम्मान सहीत धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नेकपा एमाले पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य गोविन्द कुवँरले एमाले जनताको सुःख दुःखको पार्टी भएकाले यसलाई बलियो र जीवन्त बनाई जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न खिरी रोकाया जस्ता इमान्दार कार्यकर्ताको आवश्यकता रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार