शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार

हिमाली गाउँपालिकाको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार

  • बुधबार, चैत्र २२, २०७९
हिमाली गाउँपालिकाको तिथिचौरमा मिनिट्रक दुर्घटना, नेपाली सेनाद्धारा उद्धार

बाजुरा — बाजुराको कोल्टीबाट हुम्लाको सरिसल्ला जादै गरेको मिनिट्रक हिमाली गाउँपालिका ४ तिथिचौरमा दुर्घटना भएको छ । मिनिट्रक ब्रेक फेल भएर सडकबाट करिव १५ मिटर तल खसेको नेपाली सेनाले जनाएको छ । दुर्घटनामा परि चालक सहित २ जना घाईते भएका छन । घाईते हुनेमा चालक पुस्करंिसह धामी र सहचालक रहेका छन ।

कोल्टीबाट सामान लिएर हुम्लाको सरिसल्ला जादै गरेको सु.प.प्र. ०१००१ ख २४९४ नम्बरको मिनीट्रक नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाकाे पोष्टबाट गएकाे टोलीले उद्धार गरेको दुर्गाभन्जन गुल्म बाजुराका गुल्मपती दिवाकर खड्काले जानकारी दिएका छन ।
बुधबार अर्थात (आज) बिहान ६ बजे हिमाली गाउँपालिका ४ तथिचिौर बाट हुम्ला सरिसल्लाको लागी रासन लिएर जादै गरेको मिनिट्रक दुर्घटना भएको थाहा पाएपछी नेपाली सेनाको टोलीले उद्धार गरेको गुल्मपती खड्काले बताएका छन । ब्रेक फेल भएर सडक भन्दा करबि १५ मिटर तल खसेको अवस्थामा फेला पारेकाे नेपाली सेनाले जनाएकाे छ ।
सो गुल्म अन्तर्गत रहेको सुरक्षाआर्थ तिथिचौर पोस्टबाट जमदार होम बहादुर परयिारको कमाण्डमा गएको टोलीद्धारा उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उच्च जोखमिमा रहेको दुर्घटनाग्रस्त ट्र्कबाट चालक पुस्कर ंिसह धामी र सहचालकलाई शकुसल उद्धार गरिएको दुर्गाभन्जन गूल्म बाजुराले जनाएको छ । उक्त ट्रकमा भएको राशनजन्य सामानहरु लाई सुरक्षति स्थानमा सारीएको र घाईतेको उद्धार गरीएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार