शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • सिक्किमको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु

सिक्किमको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु

  • बुधबार, चैत्र २२, २०७९
सिक्किमको हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु

सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।

१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । जसमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

338912996_197037133074996_4260683760090351879_n

चर्चामा

सम्बन्धित समाचार