बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत पाएको एक महिना पूरा, सरकारले अझै पाएन पूर्णता

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत पाएको एक महिना पूरा, सरकारले अझै पाएन पूर्णता

  • मङ्लबार, चैत्र २१, २०७९
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले विश्वासको मत पाएको एक महिना पूरा, सरकारले अझै पाएन पूर्णता

धनगढी — सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएको करिब दुई महिना हुँदैछ भने उनले विश्वासको मत लिएको एक महिना पूरा भएको छ ।

मुख्यमन्त्री शाहसहित २ मन्त्री माघ २६ गते नियुक्त भएका हुन् । फागुन २१ गते मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत पाएका थिए ।

केन्द्रकै मुख ताकेपछि हालसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । यसअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको थियो । तर राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको दुई साताभन्दा बढी समय बिते पनि प्रदेश सरकार विस्तार हुन सकेको छैन ।

मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि आगामी वर्षको बजेट निर्माणको प्रक्रियामा समेत अन्योल देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘कुनै पनि घरमा अभिभावक नभएको अवस्था के हुन्छ आफै अनुमान गर्नुस् । हामी नियमित कार्य त जारी राखेकै छौं । तर ठूलो निर्णयहरु, नीतिगत सवालहरुमा त मन्त्री नहुँदा हामी कसरी अगाडि बढाउन सक्छौं र ?’

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी भुवन जोशी पनि बजेट तयारीबारे अन्योल रहेको बताउँछन् । मन्त्रीविहीन हुँदा सामाजिक विकास मन्त्रालय बजेट निर्माणको चरणमा अझै जान नसकेको जोशीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार