शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

  • शुक्रबार, चैत्र १७, २०७९
खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं  –     जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन् ।

जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।

‘आफ्नो असन्तुष्टि प्रधानमन्त्री सामु राख्छु । उहाँसँगको कुरापछि थप के गर्ने तय हुन्छ’, प्रधानमन्त्रीलाई भेट्न जानुअघि खानले अनलाइनखबरसित भनेका थिए ।

तर उनले भेट लगत्तै राजीनामा नै बुझाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार