बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ३
  • चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

  • बिहिबार, चैत्र १६, २०७९
चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौं  –      नेपाली कांग्रेसले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार