शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने

एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने

  • बुधबार, चैत्र १५, २०७९
एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने

काठमाडौँ — एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् ।

पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।

उपाध्यक्ष भुसालले पार्टीले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘मलाई र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय भएको छ । प्रधानमन्त्रीकहाँ नियुक्तिका लागि नाम पठाउने निर्णय भएको हो ।’

एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ । सत्तारुढ गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार