शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला

प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला

  • बुधबार, चैत्र १५, २०७९
प्रधानमन्त्रीलाई बालेनको आग्रह : पहिला हाम्रा नदीनाला जोगाऊँ, लिपुलेक पछि जोगाउँला

काठमाडौँ   –    काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशका नदीनाला जोगाउन आग्रह गरेका छन् । उनले बागमती नदी तथा सार्वजनिक स्थल जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

आज काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार पनि फेरि फेरिने नभई अब ५वर्षको लागि स्थायी बनोस् भन्ने कामना गरे ।

उनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई प्रमुख तथा अध्यक्षको भन्दा बढी अधिकार रहेको बताए । उनले देशभर भइरहेको विकास निर्माणको काम अनुगमन गर्ने अधिकार उपप्रमुखलाई रहेको र देश निर्माणको महत्त्वपूर्ण भूमिकामा रहेकोले प्रभावकारी ढङ्गले अनुगमनको काम गर्न पनि आग्रह गरे ।

उनले स्थानीय तहका कारण गाउँ गाउँमा सिंहदरबार पुगेको मात्रै नभई न्यायिक समितिको रूपमा न्याय पालिका पनि पुगेको बताए । उनले स्थानीय तहमा हुने समस्या गाउँमै समाधान गरी काठमाडौँ महानगरसम्म आउने अवस्था सिर्जना नगर्न पनि आग्रह गरे ।

चर्चामा

सम्बन्धित समाचार