मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्री छान्न माधव नेपालले बोलाए आकस्मिक बैठक

मन्त्री छान्न माधव नेपालले बोलाए आकस्मिक बैठक

  • बुधबार, चैत्र १५, २०७९
मन्त्री छान्न माधव नेपालले बोलाए आकस्मिक बैठक

काठमाडौँ     –     नेकपा एकीकृत समाजवादीले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका हुन् । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ । आजै बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार