शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशन सुरु

राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशन सुरु

  • शुक्रबार, चैत्र १०, २०७९
राष्ट्रिय युवा संघ नेपाल बाजुरा अधिबेशन सुरु

बाजुरा — नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाजुराको सातौँ जिल्ला अधिबेसन जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने जिल्ला अधिबेशनको उद्धघान नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापाले गरेका छन । राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला कमिटि अध्यक्ष पुष्कर शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबं बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका छन ।
बिषिष्ठ अतिथिमा नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कालीबहादुर शाही, जिल्ला कमिटि सचिव भरत थापा, उपसचिव जनक बोहरा, जिल्ला कमिटि सदस्य तथा संगठन बिभाग प्रमुख अमर बहादुर खड्का, प्रचार बिभाग प्रमुख काशि विक, जिल्ला कमिटि सदस्य तुल्सीराम रोकाया राष्ट्रिय युवा संघ नेपाल प्रदेश सहइन्चार्ज गणेश थापा लगायत रहेका थिए ।
जिल्ला अधिबेशनको खुल्ला सत्र जिल्ला खेलकुदको मैदानमा र बन्दसत्र नेकपा एमालेको पार्टी कार्यालयमा हुने आयोजकले जनाएको छ । अधिबेशनमा जिल्लाका नौ ओटा स्थानिय तहका ६९ वडाबाट एक एक जना र एक स्थानियबाट एक जना महिला सहित ३ जना प्रतिनिधीहरुले अधिबेशनमा भाग लिन पाउने आयोजकले जनाएको छ ।
अधिबेशनले नयाँ कार्यसमिति गठन हुने र सो अधिबेशनबाट केन्द्रीय प्रतिनिधी समेत छनौट गरिने राष्ट्रिय युवा संघ नेपाल बाजुरा जिल्ला कमिटिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार