शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

  • शनिबार, चैत्र ४, २०७९
कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन : कांग्रेस नेता केसी

बुटवल   –      नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन् । आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताए ।

उनले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने पनि खुलाए ।

केसीले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने बताए । अहिले मुख्य लडाई भनेको मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्ने बताए ।

अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि उनले बताए । उनले देशमा आर्थिक अवस्था निकै कमजोर भएकोले चालु खर्च घटाउन सबैको ध्यान जानु पर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार