• होमपेज
  • राजनीति
  • चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रबार, चैत्र ३, २०७९
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ   –      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’ प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अप्ठ्यारो नरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार