शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी

पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी

  • बिहिबार, चैत्र २, २०७९
पार्टीको दबाबपछि त्रिविका बागीले फिर्ता लिए उम्मेदवारी

काठमाडौं   –     नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ ।

विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतको आग्रह पछि नाम फिर्ता लिएको बडैलाले बताए ।

‘हिजो नेताहरुले बोलाएर नाम फिर्ता लिन भन्नुभयो । उहाँहरुको आग्रहलाई टार्न सकिन,’ बडैलाले अनलाइनखबरसँग भने, ‘कुनै न कुनै जिम्मेवारी दिने भन्नुभएको छ ।’

आफ्नो उम्मेदवारी कायम रहँदा संघका उम्मेदवारलाई असर पर्ने र अलोकतान्त्रिक शक्ति सलबलाउन सक्ने खतरा महसुस गरेर नाम फिर्ता लिएको बडैलाले बताए ।

बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिएका थिए ।

त्रिविले चैत ५ (आगामी आइतबार) मा स्ववियु निर्वाचनको मिति तोकेको छ ।

चर्चामा

सम्बन्धित समाचार