शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा २ दिने स्वास्थ्य शिबिर संचालन

बुढिगंगामा २ दिने स्वास्थ्य शिबिर संचालन

  • बुधबार, चैत्र १, २०७९
बुढिगंगामा २ दिने स्वास्थ्य शिबिर संचालन

बाजुरा– बुढिगंगा नगरपालिको फालाशैनमा २ दिने बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर संचालन गरिएको छ । बुढिगंगा नगरपालिकाको आयोजना शिबिर  स‌चालन गरिएकाे  बुढिग‌गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले बताए ।  शिविरमा नगरपालिकामा रहेका सेवाग्राहीहरुलाई बिषशेज्ञ सहितको सेवा प्रदान गरिने बुढिगंगा नगरपालिकाका नगर प्रमुृख बानियाले बताए ।
शिबिरमा नाक, कान, घाँटी, छाला सम्बन्धी, हाडजोर्नी तथा नशासम्बन्धी बिशेषज्ञ सहितको सेवा प्रदान गरिने नगर प्रमुख बानियाँले बताएका छन । त्यसै गरि मानिशिक रोग, आँखा परिक्षण सेवा, जनरल फिजियसन, बालरोग बिशेषज्ञ, स्त्रीरोग, बाल रोग, शल्यचिकित्सा लगायतका सेवाहरु प्रदान गरिने नगरपालिकाले जनाएको छ । सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयकाे प्राबिधिक सहयाेग र बुढिगंगा नगरपालिकाकाे आयाेजनामा साे शिबिर स‌चालन गरिएकाे बुढिगंगा नगरपालिका स्वास्थ्य संयाेजक दिपक शाहले बताए  ।

No description available.
बडिमालिका क्याम्पसमा बुधबार एक कार्यक्रमका बिच शिविरको उद्घाटन गरि संचालन गरिएको छ । बुढिगंगा नगरपालिकाका स्वास्थ्य स‌याेजक दिपक शाहकाे अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख राम बहादुर बानिय रहेका थिए ।  २ दिनसम्म संचालन हुने शिबिरमा सेवाग्राहीहरुका लागि समय अपुग भएमा समय थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार