बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा घरवगैँचा व्यवस्थापन तालिम सम्पन्न

बुढिगंगा नगरपालिकामा घरवगैँचा व्यवस्थापन तालिम सम्पन्न

  • शनिबार, फाल्गुन २७, २०७९
बुढिगंगा नगरपालिकामा घरवगैँचा व्यवस्थापन तालिम सम्पन्न

बाजुरा — सहयोगी हातहरुको समूह (सहास) नेपाल, स्थानीय प्रयासमा खाद्य सुरक्षा रुपान्तरण (लिफ्ट) परियोजनाको आयोजनामा घरवगैचा व्यवस्थापन तालिम सम्पन्न सम्पन्न भएको छ । वुढिगंगा नगरपालिकाको फालासैनमा नगरपालिकाको वडा नं १, २ र ५ मा गठित ११ वटा समुहका २२ जना कृषकहरुको सहभागितामा सो तालिम सम्पन्न भएको हो
उक्त तालिम पारिवारिक पोषणमा सहयोग पुर्‍याउने, जैविक विविधताको संरक्षण, लोपोन्मुख बालिको संरक्षण र आय आर्जनमा सहयोग पुर्‍याउने उद्धेश्यले संचालन गरिएको साहस नेपाल पैरवी साझेदार अधिकृत सरिता बिष्टले बताएकी छन । तालिममा घरदेखी बगैंचासम्मको ब्यवस्थापन, तरकारीको नर्सरी स्थापना, गोठेमल सुधार, माटो ब्यवस्थापन, एकिकृ शत्रुजीव ब्यवस्थापन, प्लाष्टिक घरमा गोलभेडा खेतीको सैद्धान्तिक तथा ब्यवहारिक अभ्यास गराइएको बिष्टले बताइन ।
तालिमको अन्त्यमा कृषकहरुलाई प्लाष्टिक घरमा गोल भेडा खेतीका लागि सिल्पौलिन प्लाष्टिक, थोपा सिंचाई सेट र बिभिन्न ६ प्रकारका स्थानीय जातका तरकारीको कम्पोजिट बीउ वितरण गरिएको साहस नेपालले जनाएको छ । १ लाख ७८ हजार ६ सय चालिस रुपैया मध्ये २५ प्रतिशत रकम कृषकहरुको साझेदारी रहेको संस्थाले जनाएको छ ।
तालिमको सहजीकरण सहास नेपालका कृषि प्राबिधिक दिपक धामी गरेका थिए भने तालिममा आवश्यक सहयोग सहास नेपालका स्वास्थ्य प्राबिधिक लाली जैशीको रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार