• होमपेज
  • राजनीति
  • प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

  • बिहिबार, फाल्गुन २५, २०७९
प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

काठमाडौं   –   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई नहुने भएको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले प्रचण्डविरुद्धको रिट आज हेर्न नभ्याइने र शुक्रबारका लागि सारेको सर्वोच्चले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ताद्धय ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।

उनीहरुले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिर्ता गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार