• होमपेज
  • राजनीति
  • राष्ट्रपति निर्वाचन– सकियो मतदान, ४ बजेदेखि मतगणना

राष्ट्रपति निर्वाचन– सकियो मतदान, ४ बजेदेखि मतगणना

  • बिहिबार, फाल्गुन २५, २०७९
राष्ट्रपति निर्वाचन– सकियो मतदान, ४ बजेदेखि मतगणना

काठमाडौं  –     राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । मतदान सकिएसँगै आज नै मतगणना हुने छ । निर्वाचित उम्मेदवारलाई आज नै प्रमाणपत्र दिइने निर्वाचन आयोगले जनाएको छ ।

मत गणना आज चार बजेपछि हुने बताइएको छ ।

चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।

राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

मत गणनाका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् । रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् । मत पेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गरिने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार