सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु

  • बिहिबार, फाल्गुन २५, २०७९
बाजुरामा  भिरबाट लडेर एक बालिकाको मृत्यु

 बाजुरा  –   बाजुरामा बिद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाकाे  मृत्यु  भएकाे छ ।

जिल्लाको बडीमालिका नगरपालिका  ६ कोर्धमा बिहान बिद्यालय जाने क्रममा भिर बाट लडेर  बालिकाको मृत्यु भएको  हाे ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका   ६ कोर्ध फडील्ला स्थायी घर भएका दल बहादुर बडुवालकी ६ वर्षीय छोरी कमला बडुवाल रहेकी  बताइएकाे छ  ।

 बालिका  वडा न‌‍‌  ६ काेर्धमा  रहेकाे  नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन् ।  बिद्यालय  गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो  हुँदा  खुट्टा चिप्लिदा  लडेर मृत्यु भएकाे  हुन सक्ने  प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार