• होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता हुँदै

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता हुँदै

  • मङ्लबार, फाल्गुन २३, २०७९
प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दर्ता हुँदै

काठमाडौं   –     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो ।

अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार