• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सागर ढकालले बुझाए ज्ञापन पत्र

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सागर ढकालले बुझाए ज्ञापन पत्र

  • शुक्रबार, फाल्गुन १९, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सागर ढकालले बुझाए ज्ञापन पत्र

कैलाली  –    कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभामा पराजित सागर ढकालले भूकम्पीय जोखिम सम्बन्धी सुरक्षाको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई ज्ञापन पत्र बुझाएका छन्।

शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन्। उनले पश्चिम नेपालमा भूकम्प जाने जोखिम रहेको समेत मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए। विज्ञप्तिमा सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, विज्ञानलाई आधार मानेर योजना छनोट गर्न, विद्यालयमा प्रदेशका रैथाने शैलीका पोसाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ।

ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरूले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् भने उनीहरु पनि ढकालसँगै मुख्यमन्त्रीको निवासमा पुगेका थिए।

चर्चामा

सम्बन्धित समाचार