शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पका कारण हिमाली गाउँपालिकाका २ स्वास्थ्य चाैकी र एक बिध्यालयमा क्षेती

भुकम्पका कारण हिमाली गाउँपालिकाका २ स्वास्थ्य चाैकी र एक बिध्यालयमा क्षेती

  • बुधबार, फाल्गुन १०, २०७९
भुकम्पका कारण हिमाली गाउँपालिकाका २  स्वास्थ्य चाैकी  र एक बिध्यालयमा क्षेती

बाजुरा — बाजुराको पाडी केन्द्र बिन्दु बनाई ५ दशमलव २ म्याग्नाचुटको भुकम्प जादा २ ओटा स्वास्थ्य चौकी भवन भत्किएका छन भने एक बिध्यालय भवन पुर्ण रुपमा क्षेती भएकाे छ। हिमाली गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्य चौकी र रुगीन स्वास्थ्य चाकीका भवनहरुमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहोराले बताएका छन ।

त्यसै गरी हिमाली गाउँपालिका वडा न १ मा रहेको इसीडी भवन पुर्ण रुपमा भत्किएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन । अहिले सम्मको जानकारी अनुसार ८ वटा घरमा क्षेती भएको र अन्य तथ्याङक संकलन कार्य भइरहेको अध्यक्ष मल्लले बताएका छन ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिका केन्द्र बिन्दु बनाएर ५ दशमलव २ म्याग्नाचुटको भुकम्प गएको छ । बुधबार दिउसोँ १ बजेर ४५ मिनेटमा भुकम्प गएको हो । भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । गत माघ १० गते हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नाचुटको भुकम्प जादा बाजुरामा ठुलो क्षेती भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार