सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सिल्ड मालिकालाइ

बडीमालिकामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सिल्ड मालिकालाइ

  • आइतवार, माघ २९, २०७९
बडीमालिकामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, सिल्ड मालिकालाइ

बाजुरा — बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ। माघ २५ गतेबाट मालिका माविको प्राङगणमा संचालन गरिएको उक्त प्रतियोगिताकाे सिल्ड मालिका माध्यामिक बिध्यालयले प्राप्त गरेकाे छ ।  सम्पूर्ण खेलहरु ४ दिन पछि शनिबार सम्पन भएकाे र आइतबार दिउसाे एक समाराेहका बिच पुरस्कार बितरण गरिएकाे बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवालले बताएका छन ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता माघ २५ गतेबाट संचालन गरिएको थियो । प्रतियोगितामा सहभागि विद्यालयका छात्र /छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तर्फका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा पालिका भित्रका १० वटा विद्यालयका विद्यार्थीहरु विच प्रतिष्पर्दा गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार