शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

  • सोमवार, माघ २३, २०७९
रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं  –  राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साथै राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्‍मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार