शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा सांसद बस्नेतले लिने

प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा सांसद बस्नेतले लिने

  • आइतवार, माघ १५, २०७९
प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा सांसद बस्नेतले लिने

काठमाडौँ  –  नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिने भएका छन् । त्यस्तै, सांसद बस्नेतले आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता लिएका हुन् ।

इलामका व्यवसायी आचार्यले गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका थिए । उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेका थिए । उनले परिवारलाई भेटेर सान्त्वना दिने प्रयास गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘ स्व। प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत गरेको थिए र आज प्रेम प्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु । जय नेपाल !’

चर्चामा

सम्बन्धित समाचार