शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

  • बुधबार, माघ ११, २०७९
संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

काठमाडौं–संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ । आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार