शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्मन्त्री बन्न खगराज भट्टको दौडधुप

मुख्मन्त्री बन्न खगराज भट्टको दौडधुप

  • बिहिबार, पुस २१, २०७९
मुख्मन्त्री बन्न खगराज भट्टको दौडधुप

काठमाडौं  –  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीको लविङ गर्न काठमाडौं आईपुगेका छन् । पार्टीको तर्फबाट सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री हुनुपर्ने भन्दै भट्ट राजनीतिक भेटघाटमा व्यस्त भएका हुन् ।

बिहीबार भट्टले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारै पुगेर प्रचण्डलाई भेटेका हुन् । ‘प्रदेशको मुख्यमन्त्री तपाईलाई भनिएको हो । गठबन्धनबाट बहुमत पु¥याएर मुख्यमन्त्री लिन गाह्रो छ’ प्रधानमन्त्री प्रचण्डको भनाई उदृढ गर्दै एक सांसदले भने, ‘सबै पार्टीबाट बहुमत जुटाउन सकिएमा माओवादीले मुख्यमन्त्री लिने अवस्था बन्न सक्छ ।’

माओवादीले सजिलै मुख्ममन्त्री लिने अवस्था भई नसकेपनि आफूले पहल गर्ने प्रचण्डले बताए । यसअघि खगराजले एमालेका सचिव एवम् सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टलाई भेटेर सहयोग मागीसकेका छन् ।

यस्तै एमालेका नेता र नागरिक उन्मुक्ति पार्टीका समेत नेताहरु काठमाडौं आई पुगेका छन् । प्रदेश प्रमुख देवराज जोशीले हप्ता दिनभित्र संविधानको धारा १६८ उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न आह्वान गरिसकेका छन् । गत बुधबार प्रदेश प्रमुख जोशीले हप्ता दिनभित्र बहुमत पुर्याएर आउन आग्रहगरी सकेकाले नेताहरु राजनीतिक भेटघाटमा जुटेका छन् ।

चर्चामा

सम्बन्धित समाचार