सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले अवलोकन गरे सिंहदरबारका संरचना

प्रधानमन्त्री प्रचण्डले अवलोकन गरे सिंहदरबारका संरचना

  • बुधबार, पुस २०, २०७९
प्रधानमन्त्री प्रचण्डले अवलोकन गरे सिंहदरबारका संरचना

काठमाडौं – प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् ।

यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् ।

मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार