शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • विद्युत प्राधिकरणका कारण देशका कुनै पनि ठाउँमा इन्टरनेट बन्द हुनसक्छः आईस्पान

विद्युत प्राधिकरणका कारण देशका कुनै पनि ठाउँमा इन्टरनेट बन्द हुनसक्छः आईस्पान

  • शनिबार, पुस ९, २०७९
विद्युत प्राधिकरणका कारण देशका कुनै पनि ठाउँमा इन्टरनेट बन्द हुनसक्छः आईस्पान

काठमाडौ– नेपाल विद्युत प्राधिकरणले देशका शुक्रबारदेखि विभिन्न ठाउँमा दूरसञ्चार उपकरणहरुलाई क्षति पुग्ने गरी विद्युत लाइन काट्न थालेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आपत्ति जनाएको छ । प्राधिकरणले दूरसञ्चार उपकरणहरु चलायमान राख्न नसकिने गरी लाइट काटेको भन्दै आईस्पानले देशकका कुनै पनि ठाउँ इन्टरनेटविहीन हुनसक्ने चेतावनी दिएको छ ।

इन्टरनेटविहीन भएको अवस्थामा राज्यका अरु अत्यावश्यक सेवा जस्तै; हवाईजहाज, स्वास्थ्य, बैँक ठप्प रहनसक्ने आईस्पानले उल्लेख गरेको छ ।

”नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा अवरोध भाडा विवादका कारण गरेको जानकारी दिएको छ, जुन कदम गैरकानूनी रहेको छ,” आईस्पानकातर्फबाट अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ”नेपाल विद्युत प्राधिकरणले तिरिरहेको भाडा ५०० प्रतिशत वृद्धि गरेपछि ग्राहकलाई सो भार पर्न नदिन इन्टरनेट सेवा प्रदायकहरुले उच्च स्तरीय समितिले प्रतिवेदन दिए अनुसारकै हुनुपर्छ भनेको हो ।”

इन्टरनेटको पहुँच र सेवा प्रवाहमा बाधा पुर्‍याउनु मानव अधिकार हनन् हुने भन्दै उनले यस कार्य दूरसञ्चार ऐन, २०५३ विपरीत हुने पनि उल्लेख गरेका छन् ।

‘इन्टरनेट सेवा प्रदायकले पटक पटक नेपाल विद्युत प्राधिकरणलाई पत्रमार्फत पोल तथा ओपीजीडब्लू भाडादर विषयमा ताकेता गरिरहेको छ उनले जनाए । ”राज्यको उच्च स्तरीय समितिले दिएको र नेपाल विद्युत प्राधिकरण आफैंले सही छाप गरेको प्रतिवेदन कार्यान्वयन गर्नका लागि विद्युत प्राधिकरणलाई विनम्र अनुरोध गर्दछाैं,” उनले भने ।

चर्चामा

सम्बन्धित समाचार