शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

  • शनिबार, पुस ९, २०७९
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना

आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ।

हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ।

Esewanic
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।

यस्तै आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

चर्चामा

सम्बन्धित समाचार