सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दक्षिणी थाइल्याण्डमा आएको बाढीमा २ लाख परिवार प्रभावित

दक्षिणी थाइल्याण्डमा आएको बाढीमा २ लाख परिवार प्रभावित

  • शुक्रबार, पुस ८, २०७९
दक्षिणी थाइल्याण्डमा आएको बाढीमा २ लाख परिवार प्रभावित

एजेन्सी  – थाइल्यान्डको खाडी र दक्षिणी उत्तरपूर्वी क्षेत्रमा मनसुनले प्रभाव पारेपछि आएको बाढीमा २ लाख परिवार प्रभावित भएका छन्। व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा दुई लाख परिवारलाई असर गरेको बताइएको छ।

अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमशः सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ।

बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ। बुधबार बाढी प्रभावित क्षेत्रबाट सातवटा शव फेला परेको र दुई जना घाइते पनि भेटिएको विभागले उल्लेख गरेको छ।

थाइल्यान्डको खाडी र दक्षिणी क्षेत्रमा उत्तरपूर्वी मनसुनले प्रभाव पारेपछि आएको बाढीले आइतबारदेखि बुधबारसम्म भारी वर्षा भएको थियो। उक्त वर्षाले भीषण बाढी र हावाहुरी ल्याउँदा ठूलो भौतिक क्षति भएको छ।

चर्चामा

सम्बन्धित समाचार