शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मौसमः तराईमा हुस्सु, हिमालीमा​ हिमपात र पहाडमा बदली

मौसमः तराईमा हुस्सु, हिमालीमा​ हिमपात र पहाडमा बदली

  • शुक्रबार, पुस ८, २०७९
मौसमः तराईमा हुस्सु, हिमालीमा​ हिमपात र पहाडमा बदली

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागिरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ

शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

हिमाली भेगमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन तथा सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार