शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • आज – ०८ पौष २०७९ शुक्रवार को राशिफल

आज – ०८ पौष २०७९ शुक्रवार को राशिफल

  • शुक्रबार, पुस ८, २०७९
आज – ०८ पौष २०७९ शुक्रवार को राशिफल

                              ८ पुष २०७९, शुक्रवार
पुष कृष्ण औंसी
पञ्चाङ्ग: गण्ड नाग मूल , पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध)
बिहानको ०७ : ३८
Dec 23, 2022

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घरमा झैझमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाइलो यात्रा पनि होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । धार्मिक यात्रा तय होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले सङ्कटको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । कडा मिहिनेत र लगनशीलताले मात्र गरिएको कामबाट लाभ मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

चर्चामा

सम्बन्धित समाचार