आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ‘चिलगाडी’मा फेरिए निर्देशक

‘चिलगाडी’मा फेरिए निर्देशक

  • सोमवार, मंसिर २६, २०७९
‘चिलगाडी’मा फेरिए निर्देशक

फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’ का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटा निर्माता रहने फिल्मको काम कोभिड–१९ का कारण अगाडि बढ्न सकेको थिएन । अव भने फिल्मको काम अगाडि बढ्ने भएको हो ।

फिल्म निर्देशक सम्बन्धमा निर्माता सापकोटा र निर्देशक गुरुङबीच बिहिबार कागजी सम्झौता भएको छ । सापकोटा र गुरुङबीच कागजी सम्झौता भएसँगै माग १५ बाट फिल्म छायांकन सुरु गर्ने तयारी रहेको छ । फिल्मको घोषणा हुँदा निर्देशकमा जनकदीप पराजुली रहेका थिए । उनले आफ्नो कार्य व्यस्तताका कारण नभ्याउने भएपछि ‘चिलगाडी’ को जिम्मा फिल्म ‘मन्त्र’ का निर्देशक गुरुङको हातमा परेको हो ।

फिल्मको निर्देशक फाइनल भएसँगै अब कलाकार छनोटको कार्य सुरु भएको छ । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । फिल्मलाई सागर प्रधानले खिच्नेछन् भने अर्जुन पोखरेलको संगीत रहनेछ ।

निर्देशक गुरुङका अनुसार फिल्म ‘चिलगाडी’ सामाजिक विषयवस्तुमा आधारित भएर हास्य प्रधानमा निर्माण हुनेछ । ‘चिलगाडी’ ले युवापुस्ताको प्रतिनिधित्व गर्दै महत्वपूर्ण सन्देश दिने निर्माता सापकोटा बताए । फिल्म निर्माता सापकोटाको प्रोडक्सन हाउस सेलिब्रेटी नेपालको ब्यानरमा बन्न लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार