शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्याप्रकरण : वडाअध्यक्ष जुद्ध अयडी प्रक्राउ

चेतन हत्याप्रकरण : वडाअध्यक्ष जुद्ध अयडी प्रक्राउ

जुद्ध १ महिना पहिला १ लाख धरौटिमा छुटेका थिए

  • बिहिबार, मंसिर १५, २०७९
चेतन हत्याप्रकरण : वडाअध्यक्ष जुद्ध अयडी प्रक्राउ

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि प्रक्राउ परेका छन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना बिरुद्ध किटानी जाहेरी गरेको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाका अनुसार चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी भएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको वताए । प्रक्राउपछि अनुसन्धान भइरहेको थापाले बडिमालिका खबर सँग वताएका छन् ।
वडा अध्यक्ष जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट आरोपमा १ महिना पहिला जिल्ला अदालत बाजुरा बाट १ लाख धरौटिमा छुटेका थिए । वडाअध्यक्ष सहित अन्य ३ जना १ लाख धरौटिमा छुटेका थिए । त्रिबेणि नगरपालिकाको नाटेश्वरी मन्दिरमा दलित माथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा तिन जना विरुद्ध मुद्दा दर्ता भएको थियो । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट भएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।
चेतनको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केहि प्रक्राउ गरिसकेको वताएको छ । किटानी जोहरी गरेकालाइ प्रक्राउ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलयल बाजुराले जनाएको छ । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर दुइ जनाको मृत्यु भएको थियो । ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्याकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको वडा नम्बर ७ का सञ्जिब अयडिको मृत्यु भएको थियो ।
४ गते साँझ त्रिवेणी ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको थियो । मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार