आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने

माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने

  • मङ्लबार, मंसिर १३, २०७९
माओवादीले सुदूरपश्चिम इञ्चार्ज भट्टलाई दलको नेता बनाउने, काँग्रेसले आन्तरिक निर्वाचन गर्ने

धनगढी –सुदूरपश्चिम प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरु हुन्छन्। प्रदेश सभामा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सुदूरपश्चिम सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक हुन्छ। बहुमतको सरकारका लागि ३९ जना प्रदेशसभा सदस्य चाहिन्छ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव)का अनुसार दलको नेता र प्रदेश सरकारको बिषयमा छलफल भएको छैन। तर पार्टीमा दलको नेताका लागि विवाद पनि नहुने उनले बताए। उनले भने, ‘अहिले छलफल भएको छैन। सामानुपातिकको मतपरिणम आएको छैन। बाजुराको मत गणना भएको छैन। कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसार सिनियर नेताले नै दलको नेता नेतृत्व गर्ने हो। इञ्चार्ज नै निर्वाचित भएपछि उहाँले नै नेतृत्व  गर्नुहुन्छ।गठबन्धनको सरकार हुन्छ। सहमतीको आधारमा सरकार बन्छ।

माओवादी केन्द्रको संसदीय दलको नेता लगभग भट्ट हुने पक्कापक्की भएकोमा काँग्रेसभित्र भने सहमति नहुने देखिएको छ। प्रदेशसभा सदस्यमा ११ सिट जित हासिल गरेको काँग्रेसभित्र दलको नेता छनौटका लागि निर्वाचन हुने देखिएको छ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले दलको नेताका लागि आन्तरिक निर्वाचन हुने बताए। उनले मुख्यमन्त्रीका लागि केन्द्रको निर्देशन चाहिने बताएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक प्रदेशसभा सदस्य हुने व्यवस्था छ। प्रत्यक्षतर्फको ३० क्षेत्रको मतपरिणाम आएको छ भने सामानुपातिकको गणना जारी छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठनको चर्चा सुरु भएको हो। प्रदेश र प्रतिनिधिसभा सदस्यको मंसिर ४ गतेको मतपरिणाम सार्वजनिक भएसँग दलको नेता, प्रमुख सचेतक, सचेतक, मुख्यमन्त्री तथा मन्त्री छनौटको चर्चा सुरु भएको हो।

प्रदेश सरकारको नेतृत्व कुन दल्ले गर्ने भन्ने सहमति नभएकाले विजयी प्रदेश सभा सदस्यहरु पनि अलमलमा छन्। तर उनीहरुले आन्तरिक दौडधुप सुरु गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार