आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चुनाव कि मतगणना ? अनुगमन टोलिको प्रतिवेदन पर्खदै निर्वाचन आयोग !

बाजुरामा चुनाव कि मतगणना ? अनुगमन टोलिको प्रतिवेदन पर्खदै निर्वाचन आयोग !

  • मङ्लबार, मंसिर १३, २०७९
बाजुरामा चुनाव कि मतगणना ? अनुगमन टोलिको प्रतिवेदन पर्खदै निर्वाचन आयोग !

बाजुरा–बाजुरामा मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै निवदेन परेपछि निर्वाचन आयोगको टोलि पुगेको थियो । आयोग टोलि बाजुरा पुगेर आइतवार काठमाडौ फिर्ता भइसकेको छ ।
यो समचार तयार पर्दा सम्म बाजुरामा मतदान हुने कि मतगणना हुने अन्योल कायम नै रहेको छ । आइतवार काठमाडौ पुगेको अनुगमन टोलिले सोमबार साँझ सम्म निर्वाचन आयोगमा प्रतिवेदन बुझाएको छैन् । निर्वाचन आयोगका आयुक्त सगुन शम्सेर जबराले बडिमालिका खबर सँग भने प्रतिवेदन आयोगमा नपुगेको हामी बाजुराको प्रतिवेदन पर्खिरहेको वताए । चुनाव हुने वा विवादित ठाउँमा मतदान हुने भन्ने बारे प्रतिवेदन पुगेपछि मात्र निर्णय हुने वताए ।
सम्भबत मंगलवार सम्म प्रतिवेदन आयोगमा बुझाए चाडै निर्णय गरेर निकाश गर्ने आयुक्तले वताएका छन् । अनुगमन टोलि काठमाडौ पुगेपनि सोमबार सम्म आयोगको टोलि सँग सम्पर्क नरहेको उनले वताए ।
आयोगका सहसचिब तुलसि श्रेष्ठको नेतृत्वमा तिन सदस्यि टोलि बाजुरा पुगेको थियो । मंसिर ४ गते भएको चुनावमा एमाले र काँग्रेसले केही बुथ कब्जा भएर एकलौटि मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदन दिएको थियो । नेकपा एमालेले १६ बुथमा काँग्रेसले एक्लौटि गरेको बुथ कब्जा गरेको आरोप छ । त्यस्तै नेपाली काँग्रेस बाजुराले ८ वटा बुथमा एमालेले कब्जा गरेर एमालेले फर्जि मत खसाएको आरोप छ ।
आयोगको टोलिले बाजुरामा राजनितिक दल, कर्मचारी लगायत सँग छलफल गरेर फिर्ता भएको हो । नेपाली काँग्रेसले बुढिगंगा नगरपालिका वडा १, २, ३ र ९, गौमुल गाउँपालिका १ बुढिनन्दा नगरपालिका ४ र १० र जगनन्था गाउँपालिका ५ एमालेले मतदान केन्द्र कब्जा गरेको आरोप रहेको छ ।
त्यसै गरी नेकपा एमलेले त्रिबेणी नगरपालिका २ ,३, ७ र ८ खप्तड छेडेदह गाउँपालिका २ र ४ बुढिगंगा नगरपालिका ४, ७ र ८ बुढिनन्दा नगरपालिका ७, ५ र ९ हिमाली गाउँपालिका ४, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिका २ र ४ वडा गरी १६ मतदान केन्द्र काँग्रेसले कब्जा गरेको आरोप लगाएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले निर्वाचन आयोगको निर्णय पर्खिरहेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार