शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • काठमाडौं – ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं – ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

  • बुधबार, मंसिर ७, २०७९
काठमाडौं – ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।

श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् ।

उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार ५२२ मत मात्र पाए ।

चर्चामा

सम्बन्धित समाचार