शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • मौन अवधिमा प्रचार गरेको भन्दै पर्सामा २ जना पक्राउ

मौन अवधिमा प्रचार गरेको भन्दै पर्सामा २ जना पक्राउ

  • शनिबार, मंसिर ३, २०७९
मौन अवधिमा प्रचार गरेको भन्दै पर्सामा २ जना पक्राउ

वीरगञ्ज – मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्सामा दुई जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली– ९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।

पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडी चेकजाँच गरेको थियो ।

गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरेर सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार