आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • कर्ण थापा भन्छन्, “जनताको दुखमा सधै साथ दिनेछु” !

कर्ण थापा भन्छन्, “जनताको दुखमा सधै साथ दिनेछु” !

  • आइतवार, कार्तिक २७, २०७९
कर्ण थापा भन्छन्, “जनताको दुखमा सधै साथ दिनेछु” !

बाजुरा–चुनावको दिन नजिकिदै जाँदा बाजुरा जिल्लाका राजनितिक दलले चुनाव प्रचार तथा घर भेटघाट गरिरहेका छन् । बाजुरामा एमालेका संघ र प्रदेशका उम्मेदवार यति बेला घर भेटघाटमा ब्यस्त रहेका छन् ।
एमालेका प्रतिनिधि सभाका उम्मेदवार कर्ण बहादुर थापा प्रदेश खमा ब्यस्त रहेका छन् । थापा जनताको घरदैलोमा पुगेर जनताका सुखदुख साटासाट गरिरहेका छन् । किसानहरु यति बेला खेतवारी काममा हुन्छन्, त्यहि गएर जनता सँग गाउँका समस्या तथा दुखमा सधै साथ दिने प्रतिबद्धता गरिरहेका छन् ।
थापाले २०७० सालको संबिधान सभामा पनि एमाले बाट बिजय भएका थिए । थापा मन्त्रि समेत भएका हुन् । छोटो समयको कार्यकालमा थापाले जिल्लामा केही विकासका कामको शुरुवात समेत गरेको एमाले बाजुराले जनाएको छ । थापाले भने बाजुराको विकासका लागि सधै आफु लागिरहने वताए । सधै जनताको सारथिका रुपमा काम गर्ने उनले वताए ।
केन्द्रिय राजनितिक पहुँचमा राम्रो प्रभाब राख्ने थापाको केपी ओलीको सरकारमा गृहमन्त्रिको चर्चा समेत भएको थियो । थापा भन्छन्, आफु जनप्रतिनिधि हुदा होस, वा नहुदा होस सधै जनताको पक्षमा काम गरिरहेको फेरी पनि काम गर्ने प्रतिद्धता जनाएका छन् ।
बाजुरामा गठबन्दन र एमाले पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन बाट नेपाली काँग्रेसका सहमहामन्त्रि बद्रि प्रसाद पाण्डे रहेका छन् । अहिलेको समय खेतिपाति गर्ने समय हो । बाजुरामा ९५ प्रतिशत कृर्षिमा आधारीत रहेका छन् । अधिकांश मतदाता काममा ब्यस्त छन् । राजनितिक दलले मतदाताका काममा सहयोग गरदै मत माग्ने काम गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार