शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • शुक्रबारदेखि हलमा ‘२ नम्बरी’ को नयाँ भर्सन

शुक्रबारदेखि हलमा ‘२ नम्बरी’ को नयाँ भर्सन

  • बुधबार, कार्तिक २, २०७९
शुक्रबारदेखि हलमा ‘२ नम्बरी’ को नयाँ भर्सन

गत असोज २१ बाट रिलिज भएको फिल्म हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ । निर्माण युनिटले २ घन्टा ७ मिनेटको फिल्मलाई ५ मिनेट भन्दा बढी काँटछाँट गरेको फेरि रिलिज गर्न लागेको हो । निर्माता नेपालीले फिल्मको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिए ।

अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका फिल्मको तिहारमा समेत राम्रो ब्यवसाय गराउन निर्माण युनिटले नयाँ तरिकाबाट फिल्म ल्याउन लागेको हो । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङको मुख्य भूमिका छ ।

काँटछाँटपछि फिल्म दर्शकले अझै रुचाउने विश्वास रहेको निर्माता नेपालीले बताए ।

चर्चामा

सम्बन्धित समाचार