मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • डडेल्धुरामा एमालेले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

डडेल्धुरामा एमालेले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

  • शनिबार, अशोज २९, २०७९
डडेल्धुरामा एमालेले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

डडेल्धुरामा नेकपा एमालेले नेपाली काँग्रेस (बीपी)सँगको चुनावी तालमेल तोडेको छ। शुक्रबार बसेको डडेल्धुरा जिल्ला कमिटिको पूर्ण बैठकले तालमेल तोड्ने निर्णय हो।

बैठकपछि एमालेका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावी तालमेल नगरिने जानकारी दिएएका छन्। एमालेले एक्लै चुनावमा होमिने निर्णय गरिएको बताइएको छ। काँग्रेस बिपीले तालमेलको सहमतिविपरीत डडेल्धुरा प्रदेश सभा (२) मा एमालेलाई छोडेर स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एकल रुपमा चुनावमा जाने निर्णय गरेको एमाले डडेल्धुराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि प्रतिनिधिसभामा बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्षसमेत रहेका कर्णबहादुर मल्ल, प्रदेशसभा १ मा एमालेका उम्मेदवार पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी कांग्रेसबीच सहमति भएको थियो।

यहाँ बीपी कांग्रेसँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए। प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन्। दुईवटा क्षेत्र रहेको प्रदेशसभामा १२ जनाको उम्मेदवारी छ।

चर्चामा

सम्बन्धित समाचार