मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेका ४ उम्मेदवारको उम्मेदवारी फिर्ता

एमालेका ४ उम्मेदवारको उम्मेदवारी फिर्ता

  • बुधबार, अशोज २६, २०७९
एमालेका ४ उम्मेदवारको उम्मेदवारी फिर्ता

नेकपा एमालेका ४ उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका १ जना उम्मेदवार फिर्ता भएको एमालेले जनाएको छ। डडेलधुरामा नेपाली कांग्रेस वीपीका कर्ण मल्ललाई समर्थन गर्दै एमालेका चक्र वहादुर स्नेहीले उम्मेदवार फिर्ता लिएका छन्।

त्यस्तै,जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई नवलपरासी १ मा समर्थन गर्दै सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता भएको छ भने चितवन क्षेत्र नम्बर ३ मा रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । एमालेले चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ ।

यस्तै धादिङमा प्रदेशतर्फ एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता भएको छ । त्यहाँ राप्रपाका डम्बर घलेलाई एमालेले समर्थन जनाएको छ । धादिङ २ मा भने एमालेलाई राप्रपाको समर्थन छ ।

चर्चामा

सम्बन्धित समाचार