शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • दशै मनाउन बाजुरा कारागारका कैदिबन्दिलाई बुढीगंगा नगरपालिकाद्धारा खसी र खेलकुद सामग्री सहयोग

दशै मनाउन बाजुरा कारागारका कैदिबन्दिलाई बुढीगंगा नगरपालिकाद्धारा खसी र खेलकुद सामग्री सहयोग

  • शुक्रबार, अशोज १४, २०७९
दशै मनाउन बाजुरा कारागारका कैदिबन्दिलाई बुढीगंगा नगरपालिकाद्धारा खसी र खेलकुद सामग्री सहयोग

बाजुरा — बन्दी जीवन बिताइरहेका बाजुरा जिल्ला कारागारका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसै मनाउन खसी सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नगर प्रमुख रामबहादुर बानिय उपप्रमुख माया खड्का कुवँर वडा नम्बर १० का वडा अध्यक्ष दलबहादुर साउँद लगाएतले कारागार बाजुराका बन्दि नाईके रुपेश रावतलाई खसी हस्तान्तण गरेका हुन् । खसी पाएसँगै बन्दि नाईके रावतले भने, दसैं आएको गएको थाहा हुँदैन थियो, तर खसी उपहार पाएर कैदीबन्दीहरु रमाएर दसैं मनाउने छन् ।
कैदि बन्दिलाई सम्झेर दसै मनाउन उपाहार दिनु भएकोमा नगरपालिका परिवारलाई धन्यबाद समेत दिएका थिए । बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफु प्रति हिनताबोधको सोचाई अन्त्य गरी कारागार पछिको जीवन एक उदाहरणीय रुपमा बिताउन कैदीबन्दीलाई सुझाब दिए ।
बन्दि जीवन पनि मानब रुपी जिबन हो रम्न मनोरन्जन गर्न पाउनु मानब अधिकार हो भन्दै स्वाथ्यलाई पनि राम्रो हुने उद्देश्यले खेल कुद सामग्री भलिबल नेट पम्प पनि सहयोग गरेको नगर उपप्रमुख माया खड्का कुवरले बताइन ।
२५ जना क्षेमता रहेको बाजुरा जिल्ला कारागरमा हाल ५६ जना कैदि बन्दिहरुले बस्नु परेको र कारागार पनि पुरानो जीर्ण भएकोले यसको पुन निर्माणको लागी सम्बन्धित निकायसम्म ध्यान पुगाई दिन कारागारका जेलर हंस बोहोराले अनुरोध गरेका थिए ।
बन्दि जीबन मुक्त पछिको जीवन सहज बनाउन केही सिप सिक्न कैदिबन्दिहरुलाई नगर प्रमुख बानियाँले अनुरोध गरेका थिए । सिप सिक्न केही तालिमको ब्यबस्थाको लागि आफ्नो तर्फबाट पनि पहल कदमी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार