शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • रेडियो पौरखीकाे स्थापना दिवशको अवसरमा बिरामीहरुलाई फलफुल वितरण

रेडियो पौरखीकाे स्थापना दिवशको अवसरमा बिरामीहरुलाई फलफुल वितरण

  • बिहिबार, अशोज १३, २०७९
रेडियो पौरखीकाे स्थापना दिवशको अवसरमा बिरामीहरुलाई फलफुल वितरण

बाजुरा — बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा संचालित सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्जले आफ्नो स्थापना दिवशको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

रेडियोले १० औं बसन्त पार गर्दै ११ औं बसन्त पार गरेको अवसरमा एक कार्यक्रमका विच फलफुल वितरण गरेको हो । रेडियो संचालक समिति अध्यक्ष रामचन्द्र यादवकाे अध्यक्षतामा साे कार्यक्रमकाे आयाेजना गरिएकाे रेडियाे पाैरखीका स्टेशन म्यानेजर राम बहादुर दानीले बताए ।

 फलफुल वितरण कार्यक्रममा वडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन बहादुर नाथ, संचालक समिति अध्यक्ष रामचन्द्र यादब, स्टेशन मेनेजर राम बहादुर दानी, नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंह, प्रेस चाैतारी नेपालका सुदुर पश्चिम प्रदेश अध्यक्ष कृष्ण  वली लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार