मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • डोटी आलेलाई छोडेर कैलालीबाट चुनाव लड्दै बलायर

डोटी आलेलाई छोडेर कैलालीबाट चुनाव लड्दै बलायर

  • बिहिबार, अशोज ६, २०७९
डोटी आलेलाई छोडेर कैलालीबाट चुनाव लड्दै बलायर

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन्। यसअघि गृहजिल्ला डोटीबाट निर्वाचन लड्ने रटान लगाउँदै आएका बलायर कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएका हुन्।

सत्ता गठबन्धनमा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि डोटीबाटै लड्ने आकांक्षा राखेपछि बलायरलाई कैलाली–४ ल्याउने तयारी गरिएको बताइएको छ। उनलाई बालुवाटारले कैलाली–४ बाट निर्वाचन लड्नका लागि तयारी गर्नसमेत भनिसकेको बताइएको छ। २०७४ मा बामगठबन्धनबाट आलेले डोटीमा बलायरलाई पराजित गर्दै निर्वाचन जितेका थिए।

तर यहाँ क्षेत्रीय समितिले भने केन्द्रीय सदस्य नैनसिंह महरसहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो। गत निर्वाचनमा कैलाली-४ मा बामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए। अहिले पनि नेकपा एमालेबाट लेखराज नै उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार