शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ३
  • गोठाटारमा गोली लागेर घाइते भएका दर्जीको मृत्यु

गोठाटारमा गोली लागेर घाइते भएका दर्जीको मृत्यु

  • मङ्लबार, अशोज ४, २०७९
गोठाटारमा गोली लागेर घाइते भएका दर्जीको मृत्यु

काठमाडौं – काठमाडौंको गोठाटारमा गोली लागेका घाइतेको मृत्यु भएको छ। गोली लागेर सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका मोहम्मद दर्जीको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोठाटारको कृष्ण मन्दिर नजिकै गोली चलेको हो।

पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्। प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ।

घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको टोली र जिल्ला प्रहरी परिसरको प्रहरी टोली परिचालन गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार