शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ७० बर्षिया महिलालाई जबरजस्ती करणी गरेकाे आराेपमा एक पुरुष प्रहरीकाे नियन्त्रणमा

७० बर्षिया महिलालाई जबरजस्ती करणी गरेकाे आराेपमा एक पुरुष प्रहरीकाे नियन्त्रणमा

  • बिहिबार, भदौ ३०, २०७९
७० बर्षिया महिलालाई जबरजस्ती करणी  गरेकाे आराेपमा एक पुरुष प्रहरीकाे नियन्त्रणमा

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन ।

भारतीले जबरजस्ती करणी.गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम फालेर भाग्न खोज्दा घाईते भएको प्रहरीको भनाई रहेको छ ।
नग्न अवस्थामा झ्याल बाट हाम फाली भाग्न खोज्दा आगनमा पछारीएर  घाईते भएका भारतीलाई प्रहरीको सहयोगमा अस्पताल लगिएको जनाएको छ ।
भारतीलाई उपचारको लागी बयलपाटा अस्पताल अछाम पठाएकोमा उपचार हुन नसकी थप उपचारको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । सो बिषयमा अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार