सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दा नगरपालिका डेंगुको जोखीममा

बाजुराको बुढिनन्दा नगरपालिका डेंगुको जोखीममा

  • मङ्लबार, भदौ २८, २०७९
बाजुराको बुढिनन्दा नगरपालिका डेंगुको जोखीममा

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका डेगुंको लागि जोखीममा रहको छ । जिल्लाका ९ स्थानिय तह मध्ये सबै भन्दा बढि जोखीममा बुढिनन्दा नगरपालिको क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

गर्मी बढि हुने भएकोले कोल्टी क्षेत्र गर्मी बढि हुने भएकोले जोखीम हुन सक्ने भए पनि अन्य स्थानीय तह न्युन जोखीममा रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन ।
अहिलेसम्म बाजुरा डेगुका बिरामी शुन्य रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए । जिल्लामा डेंगुका लागि चेक जाँच भईरहेको भए पनि अहिले सम्म देखा नपरेको उनले बताए ।
कोल्टी क्षेत्रका केही स्थानमा यसको जोखीम रहेकोले सर्तकता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय बाजुराले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार