बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा एक दिने कार्याशाला गोष्ठी सम्पन्न

बडिमालिका नगरपालिकामा एक दिने कार्याशाला गोष्ठी सम्पन्न

  • शुक्रबार, भदौ २४, २०७९
बडिमालिका नगरपालिकामा एक दिने कार्याशाला गोष्ठी सम्पन्न

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । बडिमालिका नगरपालिकामा कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको प्राबिधिक सहयोगमा पीसविन नेपालको आयोजनामा सो गोष्ठीको आयोजना गरिएको हो ।
संस्थाको कार्यक्षेत्रमा रहेको बडिमालिका नगरपालिकाका जनप्रतिनिधी नगरपालिकाका शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभधागितामा सो कार्यक्रमको आयोजना गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई सहभागीता गराएको गुड नेभर्सका परियोजना संयोजक देबेन्द्र शाहले बताए ।
महिनाबारीलाई मर्यादित महिनाबारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा सो कार्यक्रमको आयोजना गरिएको परियोजना संयोजक शाहले बताए ।
महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी के गर्न सकिन्छ भन्ने बिषयमा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजना संयोजक शाहले बताए ।
महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु-स्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्यका साथ गोष्ठीको आयोजना गरिएको परियोजनाका स्वास्थ्य अधिकृत महेश जोशीले बताए ।
गुड नेवर्स इन्टरनेश्नले बिगत लामो समय देखी बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको छ ।
बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्थर सुधार गर्ने उदेस्यका साथ गुड नेवर्स इन्टरनेश्नले बिद्यालय र समुदाय स्तरमा काम गर्दै आएको परियोजनाका स्वास्थ्य अधिकृत जोशीले बताएका छन ।
गुड नेवर्स इन्टरनेश्न सन २००२ देखी नेपालका बिभिन्न जिल्लामा बिपन्न बर्गहरु, खास गरि बालबालिकाको जीवनस्तर सुुधार बाल संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार